Logo

१८चैत,वीरगञ्ज । पर्साबाट प्रहरीले प्रतिबन्धित लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय सञ्जीव केशरी र चितवनको भरतपुर महानगरपालिका–४ रामघाट बस्ने बिशाल श्रेष्ठलाई पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट लुकाईछिपाई प्रतिबन्धित लागूऔषध नेपालतर्फ भित्राउदैँ गरेको अवस्थामा उनीहरुलाई प्रहरीले रजतजयन्ती चोकस्थित सडकखण्डबाट पक्राउ गरेको हो । प्रहरीले गत बिहिबार केशरीले चलाउदैँ आईरहेको ना ३२ प ९४०३ नम्बरको मोटरसाइकल चेकजाँचका लागि रोकेको थियो ।

सोही क्रममा सिटमुनि कालो प्लाष्टिकमा लुकाएर राखिएको लागुऔषध नाईट्राभेट ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । उनको साथबाट १ पत्तामा ३० ट्याब्लेट गरी २० पत्तामा ६०० पिस नाइट्रोभेटको फेला पारेको प्रहरीको दावी छ ।

त्यस्तै सोही सडकखण्डबाट प्रहरीले हिजो साँझ रक्सौलबाट नेपालतर्फ लुकाईछिपाई ल्याउदैँ गरेको प्रतिबन्धित लागुऔषध फेनारगन–४७ एम्पुल, डाईजेपाम–४७ एम्पुल, नुर्फिन–४७ एम्पुल गरी जम्मा १ सय ४१ एम्पुलसहित पक्राउ गरेको हो ।

शङ्कास्पद अवस्थामा हिडिरहेको अवस्थामा श्रेष्ठलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषद बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो । पक्राउ परेका उनीहरु दुबैजनालाई लागूऔषध सम्बन्धि मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान भईरहेको प्रवक्ता गिरीले बताउनुभयो ।


सम्बन्धित समाचार