Logo

चैत १९ वीरगञ्ज । नेकपा एमालेका नेता महेश बस्नेतले बारामा जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तिनवटा टाउको भएको नाग भएर आउन लागेको बताएका छन ।एमाले निकट राष्ट्रिय युवा सँघका केन्द्रिय अध्यक्ष समेत रहेका उनले बारा–२ मा हुन लागेको उपनिर्बाचनमा यादव आफनो पार्टी सहित माओबादी काँग्रेसको साथ लिएर तिनवटा टाउको भएको नाग बनेर आईरहेको बताए ।नेकपा एमाले उक्त नागलाई तह लगाउने गरुडको रुपमा तयार भएर बारा–२ मा बसेका बस्नेतले जानकारी दिए । ‘आज उपेन्द्र जि सँग काँग्रेस पनि मिलेर आईरहेको माओबादी पनि मिलेर आईरहेको छ त्यही भएर उपेन्द्र जी तिनटा टाउको भएको नाग भएर आईरहनु भएको छ,‘उनले भने,मलाई लागछ नेकपा एमाले त्यो तिनटा टाउको भएको नागलाई तह लगाउन तयार भएर बसेको छ बारा–२ मा ।

’राष्ट्रिय युवा सँघ नेपाल पर्साको जिल्ला स्तरीय युवा भेलालाई सम्बोधन गर्न वीरगञ्ज आएका उनले भेलालई सम्बोधन गर्दै कर्णाली र सुदुर पश्चिम प्रदेशको भन्दा पनि कम साक्षरता प्रतिशत तथा मानव सुचकाँकमा पनि सबै भन्दा देशमा पछि प्रदेश रहेको बताए । सबै भन्दा धेरै युवाहरु पनि बिदेश जाने मधेस,सबै भन्दा धेरै गरिबी,निरक्षरता समेत मधेश प्रदेशकै जिल्लामा रहेकाले मधेस पछि परेको बस्नेतले जिकिर गरे ।मधेस आन्दोलनको बलमा उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टीले अनेकौ सुबिधा र लाभहरु प्राप्त गरेको बताउदै उनले उप्रधानमन्त्री,मन्त्री र मुख्यमन्त्री समेत पाएकाले मधेस पछाडि पर्नुको दोष उनीहरुले लिनुपर्ने बताए ।

उपेन्द्र यादव जी र महन्थ ठाकुर जीको पार्टीले अनेका सबिधा प्राप्त गरेको छ,उप्रधानमन्त्री,मन्त्री र मुख्य मन्त्री चलाउनु भएको आज मधेसको यस्तो बिचल्लीको दोष उहाँहरुले लिनुपर्छ,उनले भने ।केपी ओलीले मधेसमा सदभावको रयाली नारा र समृद्धिको अभियान चलाएकोले कथित मधेसबादी दलहरुले ओली र एमालेलाई निषेध समेत गरेको बस्नेतको भनाई थियो । एमाले भौगोलिक र जातीयको रुपमा कहिले पनि नलडेको जिकिर उनको थियो ।


सम्बन्धित समाचार