Logo

१९ चैत, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले उपेन्द्र यादवलाई सघाउने विषयमा पार्टीभित्र छलफल नभएको बताउनुभएको छ ।

आज काठमाण्डौँको एक रेडियोमा अन्र्तवार्ता दिदैँ उहाँले उपचुनावमा बारा–२ बाट यादवलाई मद्दत गर्ने विषयमा कुनै छलफल नभएको बताउनुभएको हो । राजेन्द्र महतोको उम्मेदवारीको विषयमा बताउँदै सोनालले पार्टीभित्रै अहिलेसम्म उपनिर्वाचनमा कसलाई उठाउने विषयमा पनि छलफल नभएको स्पष्ट पार्नुभयो ।

राजेन्द्र महतोले कुनै पनि क्षेत्रमा लड्छु भनेमा असहज नहुने पनि सोनलको भनाई छ । उहाँले निर्वाचन भनेको हजारको बजार हो । यो राजनीतिक चाडबाड पनि हो । यसमा राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारहरुले भाग लिन्छन् । तर लोसपा कुनै अमूक पार्टीले गर्यो भन्दैमा लहैलहैमा नलाग्ने बताउनुभयो ।


सम्बन्धित समाचार