Logo

१९ चैत, कलैया । कलैया वीरगन्ज सडक खण्ड अन्तरगत बाराको भलुही चौक नजिक आज दिउँसो टेम्पो पल्टिँदा एक बालिकाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन ।

वीरगन्जबाट कलैया तर्फ जाँदै गरेको स १ ह ७०८ नम्बरको टेम्पो पल्टिँदा भारतको रक्सौलका आदित्य श्रीवास्तका छोरी तीन बर्षीय पल्लवी कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएकी बालिकाको उपचारको क्रममा एलएस न्युरो अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी रक्सौलका पुजा श्रीवास्त, सिमा देवी वर्मा,शिव कुमार वर्मा र जयदेव वर्मा घाइते भएका छन। घाइतेहरुको एलएस न्युरो अस्पतालमा उपचार भईरहेको छ।


सम्बन्धित समाचार