Logo

२० चैत,वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई हराएको छ । हिजो भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले हरायो ।

राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायो । यसअघि हैदराबादमा टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो ।

यो जितसँगै राजस्थान २ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हैदराबाद तालिकाको पुछारमा छ ।

त्यस्तै हिजै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ । बेंगलोरले मुम्बईलाई ८ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको हो ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १६.२ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो । त्यसअघि चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

 


सम्बन्धित समाचार