Logo

२० चैत, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा बितेको दुई हप्तादेखि आतँक मच्चाउदै आएको बाघलाई नियन्त्रणमा लिन निकुञ्जको टोली परिचालन गरिएको छ ।

ठोरीका किसानको पशु चौपाया मारेर नष्ट पार्दै आएको बाघलाई नियन्त्रणमा लिनको लागि तिनदिनदेखि निकुञ्जको टोली परिचालन गरिएको हो । बाघलाई नियन्त्रणमा लिनको लागि चितवन राष्ट्रिय निकुञ्जबाट आएको डाक्टर, डाटगन टोली, वन्यजन्तु प्राबिधिक, नेपाली सेना लगायतको टोली तिनदिनदेखि परिचालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सुर्य खडकाले जानकारी दिनुभयो ।

उहाँले बाघले पशु चौपाया मारेको घटनास्थलदेखि लिएर बाघ हिडने बाटोमा क्यामेरा जडान गर्नुका साथै टोली खटिरहेको बताउनुभयो । खड्काले डाटगन टोलीले जडान गरेको क्यामेरामा बाघको तस्बिर आएको बताउदै आज सम्ममा बाघ नियन्त्रणमा आउने सम्भावना रहेको बताउनुभयो ।

ठोरीमा आतँक मच्चाउने बाघ घाईते समेत भएको बताउदै उहाँले निकुञ्जभित्र दुई वटा बाघको लडाईमा सो बाघ घाईते भएको जानकारी दिनुभयो ।


सम्बन्धित समाचार