Logo

२० चैत, वीरगञ्ज । बैशाख १० गते हुने उपनिर्वाचनकालागी बारामा ३६ जना उम्मेदवारले आज मनोनयन दर्ता गराएका छन ।

निर्वाचन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनकालागी दलका र स्वतन्त्र गरि ३६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी गराउनु भयो।

पाँच दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका तर्फबाट पुर्व मन्त्री पुरुषोत्तम पौडेल, जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुश्वाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पुर्व डीआईजी रमेश खरेल, आम जनता पार्टीका तर्फबाट अधिवक्ता अरुण ज्ञवाली सहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन।


सम्बन्धित समाचार