Logo

२० चैत, पचगावाँ । बाराको सिमरामा दुई दिने आधारभुत तहमा सिकाइ आपूरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम आज सम्पन्न भएको छ । एनसेट नेपालको आयोजना र एजुकेसन नेपाल, युनिसेफ नेपालको सहयोगमा आधारभुत तहमा सिकाइ आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो ।

आधारभुत तहमा सिकाइ आपूरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रममा पर्साका ६ वटा स्थानीयतह र बाराका ७ वटा स्थानीय तहका शिक्षा प्रमुख र योजना प्रमुख गरि दुई/ दुई जना सहभागी भएका थिए ।

यस्तै बारा कै कोल्हभी नगरपालिकाबाट १७ जना, विद्यालय ब्यवस्थापन समितिबाट १/१ जना र फेटा गाउँपालिकाबाट १८ विद्यालय व्यवस्थापन समितिबाट १/१ जनाको सहभागिता रहेको थियो । त्यस्तै अभिमुखीकरणबाट सिकाइ आपूरण र द्रुत सिकाइ सहयोग सम्बन्धी विभिन्न क्रियाकलापहरु तथा साधनहरुको प्रयोग सम्बन्धी जानकारी विस्तृत रूपमा छलफल तथा अभ्यास गरेको थियो ।

एनसेटका कार्यक्रम संयोजक मित्रदेव यादवका अनुसार आधारभुत तहमा सिकाइ आपूरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम सिकाईको आवश्यकता किन र कसका लागि, कहिले र कसरी गर्ने भने विषयमा छलफल गरिएको थियो ।

यस्तै न्यूनतम सिकाइ सक्षमताको मापनको कार्य ढाँचा र नमुना प्रशनपत्र तथा विद्यार्थी वर्गीकरण र विषयवस्तुको छनौट तथा सिकाइ आपुरणको रणनीतिहरु के के हुन् र यसको कार्यान्वयन योजना निर्माण र कार्यान्वयनको बारेमा विस्तृत छलफल समेत गरिएको थियो । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख फत्त बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 


सम्बन्धित समाचार