Logo

फाइल तस्वीर

२० चैत,पर्सागढी । पर्साको पर्सागढी नगरपालिकामा बोयर बोका/बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ । मासुमा आत्मनिर्भरताको लागि सूर्य नेपालको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सूर्य नेपाल प्राली बारा सिमराको आर्थिक सहयोग एवम् पर्सागढि नगरपालिका–२ बागबानाको आयोजनामा कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा पर्सागढि नगरपालिकामा रहेका सोनाखरी कृषि सहकारी सस्थां झुलिटार र गढिमाई कृषि समुह बागबाना मार्फत किसानलाई बोयर उन्नत जातको एक/एक बोका सहित चार/चार वटा बाख्राहरु बितरण गरिएको हो ।

त्यस्तै कार्यक्रममा शिव बाबा कृषक समुह जितपुर सिारा उपमहानगरपालिका–११ लाई बोयर उन्नत जातको एक थान बोका समेत वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी पर्सागढिका मेयर गोकर्ण पाठकले स्थानिय गरिब किसानको आर्थिक उन्नतिको लागि सराह्नीय कार्य गर्दै आएकोमा सूर्य नेपालको प्रशंसा समेत गर्नुभएको थियो ।


सम्बन्धित समाचार