२२ चैत,वीरगञ्ज । एसिडिटी हुँदा पेट पोल्ने, पेट ढुस्स हुने, थोरै खाए पनि अघाएको जस्तो हुने, पेटको माथिल्लो भाग दुख्ने हुन्छ । पेट, छाती र घाँटीमा जलन हुने, अमिलो डकार आउने, बान्ता हुने जस्ता समस्या पनि एसिडिटीकै कारण हुने गर्छ ।
साथै मुखमा अमिलो र तीतो पानी आउनु, अपच हुने, कब्जियत वा पखाला लाग्ने, भोक कम लाग्नु वा बढी लाग्नु, टाउको–जीउ दुख्नु, हातखुट्टा पोल्नु, थकाइ लागिरहनु, निद्रा नलाग्नु यसका अरु लक्षण हुन् ।एसिडिटीको समयमै उपचार नगरेमा दिसामा रगत देखिने, कालो दिसा आउने, मलद्वारबाट रगत बग्ने जस्ता समस्या बढ्दै गएमा बिरामीको मृत्यु समेत हुन सक्छ ।
एसिडिटी भएकाले मासु र दूधजन्य खानेकुरा खान हुन्छ रु
एसिडिटी भएका व्यक्तिले मासुका परिकार नखानु उपयुक्त हुन्छ । मासुका परिकार पचाउन समय लाग्ने र पेटमा पनि धेरैबेरसम्म रहने भएकाले यसले फ्याट र एसिड बढाउँछ । खानैपरेमा सन्तुलन मिलाएर मात्रै खानुपर्छ ।
यसैगरी दूधभन्दा दही खानु राम्रो हुन्छ । दहीमा ल्याक्टो ब्याक्टेरिया हुन्छ, जसले अमिलोलाई काट्न मद्दत गर्छ । एसिडिटी भएको व्यक्तिले दही, दूध, भात खान मिल्छ तर दूधको चिया भने खान मिल्दैन । दूधको चियामा चिल्लोको मात्रा बढी हुने भएकाले यसको सट्टा कालो चिया, ग्रिन टी खानु राम्रो हुन्छ ।
यी कुरा खानुहुँदैन
एसिडिटीको समस्या भएकाले दूधको चिया, जंकफुड, बिस्कुट, चाउचाउ, चिप्स, तारेको, भुटेको, पोलेको खानेकुरा खानुहुँदैन । यसैगरी मसालेदार खानेकुरा, चिसो पेय, सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन । साथै मासु वा बोसोजन्य खानेकुरा कम सेवन गर्ने गर्दा एसिडिटीबाट जोगिन सकिन्छ । मासुजन्य खानेकुरा खानै परे पनि सन्तुलित मात्रामा उसिनेर मात्र खाँदा प्रभावकारी हुन्छ ।अर्गानिक सागसब्जी, गेडागुडी, फलफूल, वनस्पति तेल एसिडिटी नियन्त्रणका लागि लाभदायक हुन्छन् ।
एसिडिटी हुनै नदिन के गर्ने रु
एकैचोटि भरपेट खाना नखाई थोरै(थोरै गरेर खाने, पेट खाली नराख्ने, पानी बढी पिउने, तनावबाट टाढा रहने, समयमा सुत्ने र समयमा उठ्ने, बिहान चिया खानुअघि पानी खाने गरे एसिडिटीको समस्या आउँदैन ।