Logo

२२ चैत,काठमाडौँ । बुधबार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) ज्यूको कार्यकक्षमा जानकी मन्दिरका उत्तराधिकारी महन्त पूज्यपाद रामरोशन दास लगायत विभिन्न मन्दिरका आदरणीय पुजारी सन्तहरुका साथ भएको विशेष भेटघाटमा जानकी मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा रहेका मठ मन्दिरसंग जोडिएका विविध पक्षका र तिनका संरक्षण तथा संबर्धनका विषयमा विशेष छलफल भएको छ।

संतहरुले उठाउनुभएका विषयहरुप्रति सम्माननीय प्रधानमनन्त्रीज्यूले गहिरो चासो लिककंदै तथ्यपरक र वैज्ञानिक ढंगले हरेक आवश्यक पहलकदमी आफ्नो तर्फबाट हुने आश्वासन दिनुभएको छ।

साथै धर्म संग जोडिएका विषयहरुलाई परम्परागत रूपले मात्र नभई समय सांदर्भिक रही मानवोचित कार्यहरुको सामाजिकीकरण गर्दै अघि बढ्दा समाज र राष्ट्रले अझ मजबूती पाउने कुरा वहाँले हामी समक्ष राख्नूभयो ।


सम्बन्धित समाचार