Logo

२२ चैत,कलैया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेको बताउनुभएको छ । बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले देश बलियो बनाउने पार्टी एमाले मात्र भएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले लडाकुको नाममा अर्वौ भ्रष्टाचार गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिले राहतको नाममा माओवादी कार्यकर्तालाई पैसा बाँडेर देशको ढुकुटी रित्याउने काममा लागेको आरोप लगाउनुभयो ।

सतारुढ दलहरु लोकतन्त्र सिध्याउने षडयन्त्रमा लागेको भन्दै एमाले अध्यक्ष ओलीले न्यायालयलाई समेत अनावश्यक मुद्दामा अल्झाएर काम गर्न नदिएको आरोप लगाउनुभयो । मोरङ, सुनसरी र सप्तरीबाट जनताद्वारा पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्तामोहले बारामा उपचुनाव लडेको आरोप लगाउँदै ओलीले बाराका जनताले यादवको सपना पुरा हुन नदिने स्पष्ट पार्नुभयो ।

जातिय राजनितिले देश अगाडी बढन नसक्ने एमाले अध्यक्ष ओलीको भनाई छ । एमाले अध्यक्ष ओलीले आफूलाई मधेशका मसिहा भन्नेहरुले अहिलेसम्म सरकारमा पुगेर मधेशीलाई ठग्ने बाहेक केही नगरेको आरोप लगाउनुभयो ।


सम्बन्धित समाचार