Logo

२४ चैत,वीरगञ्ज । वीरगञ्जमै पहिलो पटक सिजी नेटले सेवा विस्तार गरेको छ । महाविर मन्दिरस्थित सर्राफ मार्केटमा सिजी नेटले आज उद्धघाटन गर्दै आफ्नो सेवा विस्तार गरेको हो । नेटको उद्धघाटन वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिहंले गर्नुभएको हो ।

सिजी नेटका सिइओ अमितेश रोयले नेटको विषेशताबारे स्पष्ट पार्नुभएको थियो । उहाँले सिजी नेटको १ सय ३० एमबिपिएस ईन्टरनेट प्रयोग गर्दा ग्राहकलाई वर्षको १ लाख रुपैँयाको ईन्स्योरेन्स,२ सय ५० एमबिपिएसमा २ लाख र ३ सय ५० एमबिपिएसमा ३ लाखको ईन्स्योरेन्सको सुविधा रहेको बताउनुभयो ।

नेटको प्रयोगबाट सिजि कम्पनीद्धारा १ वर्षसम्म ईलेक्ट्रिकल सामानहरुमा ३५ प्रतिशतको छुटको व्यवस्था रहेको उहाँको भनाई छ । सिजि नेटका वीरगञ्ज ब्रान्च प्रमुख कमरुल अन्सारीले सिजी नेट सेवाग्राहीलाई अन्य नेटभन्दा सस्तो र यसमा बिमा सुविधा उपलब्ध रहेको जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार