Logo

२५ चैत,वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा बारा– २ का उम्मेदवार उपेन्द्र यादवलाई सहयोग गर्न पार्टीका नेता जितेन्द्र सोनललाई खटाएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले एक पत्र जारी गर्दै सोनललाई बारा–२ मा खटाएका हुन् । पत्रमा उक्त क्षेत्रमा भएका पार्टी पंक्ति र गठबन्धनमा रहेका अन्य दलहरूसँग समन्वय र सहकार्य गर्न सोनललाई भनिएको छ । उक्त क्षेत्रमा निर्वाचनलाई सफल एवं परिणाममुखी बनाउन सोनललाई प्रतिनिधिको रूपमा खटाइएको हो।

सोनल मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री हुन् । जसपा अध्यक्ष उपेन्द्रलाई नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपाको समेत समर्थन छ । यो क्षेत्रमा जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेबाट पूर्वमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल उम्मेदवार बनेका छन् ।


सम्बन्धित समाचार