Logo

२५ चैत,सेढवा । पर्साको जिराभवानी गाँउपालिकामा आज निःशुल्क स्वास्थ्य तथा निःशुल्क आखा चेकजाज शिविर सम्पन्न भएको छ । श्रृजनात्मक समाज फाउन्डेशन नेपाल र बीरगंज जेशिसको संयुक्त आयोजनामा गाउँपालिकाको वडा नं ३ मा रहेको विवाह मण्डपमा शिविर सम्पन्न भएको हो ।

शिविरमा आँखाका समस्या भएका बिरामी, हाडजोर्नी तथा नशा रोग लगायतका बिरामीहरुको चेकजाज गरिएका थिए। शिविरमा बिरामीहरुलाई निःशुल्क औषधी समेत बितरण गरिएका थिए। कार्यक्रममा श्रृजनात्मक समाज फाउण्डेशनका अध्यक्ष चन्द्रकिशोर राम, बीरगंज जेशिसका अध्यक्ष अरबिन्द श्रेष्ठ, थारु कल्याणकारी समिति पर्साका अध्यक्ष रामेश्वर महतो थारु, बीरगंज जेशिसका पूर्व अध्यक्ष शेखर चौधरीले शुभकामा मन्तव्य ब्यक्त गरेका थिए।

शिविरमा नेत्र बिशेषज्ञ डा. महेश सिंह धामी, बरिष्ठ हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा. अजय यादव, बरिष्ठ फिजीशियन डा. रामकिशोर सिंहले बिरामीहरुलाई चेकजाच गरेका थिए।


सम्बन्धित समाचार