Logo

२५ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १० स्थित घडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको रामजानकी मन्दिरमा भएको अतिक्रमण हटाइएको छ ।

आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत वीरगञ्जमा दिएको रिट अस्वीकार भएसँगै महानगरले कथित पुजारीले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरेको संरचना डोजर लगाएर हटाएको हो ।

गएको फागुन ४ गते पुजारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरले अदालतमा निवेदन दिए पछि शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै शनिबार अतिक्रमण हटाइएको हो ।

गएको तीन दसक भन्दा बढी समयदेखि मन्दिर प्रवेशमा रोक लगाएर अतिक्रमण गरि निर्माण गरिएको पक्कि संरचनामा कथित पुजारीले भाडा असुलि गर्दै आएका थिए ।


सम्बन्धित समाचार