Logo

२६ चैत, बारा । पुर्ब गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थापीत भनिएका पार्टीको बिचार र सिद्धान्तले जनताको समस्या समाधान गर्न नसकेको बताउँनुभएको छ ।

स्थापित पाटीहरुको झण्डा, नाम, चुनाव चिन्ह गाउँ गाउँ सम्म पुगे पनि पार्टीको नारा बिचार सिद्धान्तले गाउँको समस्या अंकमाल गर्न नसकेको बताउँनुभयो ।

आज आइतवार बारा क्षेत्र नम्बर २ को चुनाबी सभालाई सम्बोधन गर्न आएका सभापति लामिछाने सिमरामा आयोजित पत्रकार सम्मेलनमा पार्टीहरु देश भात्र नभई बिदेश फैलिए पनि जनताको मन छुने काम नगरेको जिकिर गर्नुभयो ।

पार्टीहरुले आम मान्छेलाई छुन नसेके पछि आँफुहरु उपस्थित भएको बताउँनुभयो । दलहरु मिलेर उम्मेदवार जिताउँने सिन्डिकेट बनाएको प्रति जनतालाई सचेत बन्नु पर्ने बताउँनुभयो ।


सम्बन्धित समाचार