Logo

फाइल तस्बिर

२७ चैत,वीरगञ्ज । यही चैत ८ गतेदेखि १६ गतेसम्म वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा सम्पन्न शतचण्डी महायज्ञमा भएको विभेद फेरी वडा नम्बर १८ सुखचैनामा पनि दोहोरिएको छ । महायज्ञमा दलित समुदायलाई प्रवेश गर्न प्रतिवन्ध लगाउने कथित उपल्लो जातिको निर्णयले दलित समुदाय फेरी आन्दोलित भएका छन् ।

अलौका दलित समुदायले निरन्तर विरोध र प्रदर्शन गर्दा पनि वेदी (पूजास्थल) मा बस्न नपाएरै महायज्ञ सम्पन्न भएपछि जति कराएपनि केही हुँदैन भन्ने बुझाईले फे सर्वदलिय दलित अधिकार संघर्ष समिति पर्साका अध्यक्ष बुनेल रामले बताउनुभयो । सबै दलको प्रतिनिधित्व हुने गरी गठन गरिएको संघर्ष समितिकै नेतृत्वमा आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिइएको छ ।

वैशाख १२ देखि सुखचैनामा हुन लागेको महायज्ञमा सहभागी गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई दलित अगुवा एवम् स्थानीयले निवेदन दिएका हुन् । स्थानीय दलित अगुवा धुरुपलाल राम र प्रहलाद रामसहित जिल्लाका दलित अगुवाहरूको टोलीले निवेदन दिँदै महायज्ञमा दलितलाई सहभागी गराउन माग गरेको हो ।

बिष्णु महायज्ञ व्यवस्थापन समितिले यज्ञमा सहभागी गराउन इन्कार गर्नुका साथै प्रशासन वा अन्य कुनै निकायमा उजुरी दिएमा कुटपिट गर्ने र ज्यानै मार्नेसमेत धम्की दिएको निवेदनमा दाबी गरिएको छ ।


सम्बन्धित समाचार