Logo

२७ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको मठ मन्दिरको सौन्दर्यका लागि नगरवासीले अनुभूत हुनेगरी काम गरेपनि विकास निर्माणका योजनामा खर्च गरेको बजेट र खर्चको प्रकृयाको बारेमा किन पारदर्शी हुन सकेका छैनन् ? आम वीरगञ्जवासीको लागि चासोको बिषय बनेको छ ।

नगर प्रमुखमा निर्वाचित भएपछि वीरगञ्जको सौन्दर्यलाई व्यवस्थि गर्न मेयर राजेशमान सिंहले गहवा माई मन्दिर परिसरलाई धार्मिक क्षेत्र घोषणा गरेका थिए । उनले करिव एक करोडको लागतमा माइस्थान अगाडीको सडकमा पेवल राख्ने र त्यस क्षेत्रमा सवारी साधन प्रवेशमा निषेध गरेका छन् ।

गहवामाई मन्दिर परिसरको सौन्दर्यको लागि खर्च गरिएको बजेट पारदर्शी गरिएको छैन् । वीरगञ्ज महानगरपालिकाले एउटै कामलाई टुक्रा बनाएर ६५ लाख रुपियाँ उपभोक्ता समिति र २५ लाख रुपियाँको काम कोटेशनबाट गरिएको छ । उपभोक्ता समिति बनाएर नवलपरासी रामग्राममा उद्योग रहेको एशियन कन्क्रिटो प्रा.लि.लाई पेवल बिछ्याउने कामको जिम्मा मेयर राजेशमान सिंहले दिएका थिए ।

मन्दिर सौन्दर्यको कामको लागि बनाईएको उपभोक्ता समितिको अध्यक्षमा मन्दिरका पुजारी उत्तमा प्याकुरेललाई राखिएको थियो । उपभोक्ता समिति मार्फत भएको खर्चको विवरण आफूलाई यकिन थाहा नभएको प्याकुरेलले बताई । उपभोक्ता समिति कागजमा बनाएपनि सवै काम ठेकदारले गर्ने हो, तपाई समितिमा बस्दीनु परयो भनेर मेयरले भने त्यहीँ भएर समितिमा बसेँ, उनले भनिन् ।

मेयर राजेशमान बाबु आउनु भयो आन्टी हजुर समितिमा बस्दीनु परयो बाँकी काम त हामी गरिहाल्छौ भन्नु भयो, उत्तमा प्याकुरेलले भनिन् “उपभोक्ता भने पनि नवलपरासीको एशियन कन्क्रिटो प्रा.लि.का इन्जिनियर अनिश न्यौपानेले सवै काम ठेक्कामा गर्नु भएको हो, यसको बारेमा मलाई केही थाहा छैन उनलाई सोध्नु होला ।”

मलाई त रेखदेख गर्नेकाम तपाईको हो भने मैले निर्माण भएको काम मात्र कसरी गरेका छन भनेर हेरे, उपभोक्ता समितिकी अध्यक्ष उत्तमा प्याकुरेलले भनिन् “महानगरपालिकाबाट कति रकम आयो कति खर्च भयो मलाई कसैले जानकारी दिएको छैन ।” म त मन्दिरको पुजारी भएको नाताले धर्मको काम हुन्छ भनेर समितिमा बसेकी हुँ प्याकुरेलले भनिन् ।

यो कामको लागि कति रकम आयो कसलाई कति रकम दिए मलाई कुनै जानकारी छैन, प्याकुरेलले भनिन् “मेयर र हाकीमले नै बजेट खर्च गरेका हुन मलाई यसबारेमा केही थाहा छैन ।” यो कामको लागि कमिशन दिनु पर्छ भनेका थिए, भाडवण्डा गर्नु पर्छ भनेको थिए उनले भनिन् “कसलाई कति रकम बाँडे त्यो पनि मलाई भनेनन् ।”

एशियन कन्क्रिटो प्रा.लिका इन्जिनियर अनिश न्यौपानेले वीरगञ्जका मेयर राजेशमानसँग मिलेर काम गरेको बताए । उनले उपभोक्ता समिति र कोटेशनबाट कुल ९० लाखको एउटै काम गरेको जानकारी दिए । माइस्थान मन्दिर आसपासको सडकमा पेवल राख्दा १३ सय मिटर स्क्वायर जती काम भएको होला न्यौपानेले भने ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह समक्ष करिव एक करोडको कामको प्रस्ताव एशियन कन्क्रिटो प्रा.लि.ले गरेको थियो । आर्थिक ऐन अनुसार खर्च गर्नुपर्ने सरकारी वाध्यताको कारण उपभोक्ता समिति मार्फत उक्त रकम खर्च गर्न नसकिने भएकोले ६५ लाख उपभोक्ता समितिको नाउँबाट र २५ लाख सिधै कोटेशनबाट काम गरिएको हो, इन्जिनियर न्यौपानेले भने ।

उनले वडा नंं. ६ का वडा अध्यक्ष जयप्रकाश साहसँग मिलेर २२ लाखको बजेटमा काम शुरुवात गरेको न्यौपानेले बताए । महाविर स्थानको मन्दिर देखि पूर्व तर्फको सडकमा पेवल बिछ्याउने काम शुरु भएको छ, एशियन कन्क्रिटोका इन्जिनियर न्यौपानेले भने ।

वीरगञ्ज महानगरपालिकाले खरिद ऐन विपरित एउटै कामलाई टुक्रा बनाएर र उपभोक्ता समिति भने पनि ठेकदार मार्फत भएको कामको कुनै पारदर्शीता देखिदैन ।
वीरगञ्जवासीको लागि गहवा माई मन्दिर एउटा महत्वपूर्ण सम्पती हो, यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु राम्रो काम हो तर त्यस काममा भएको खर्चको पारदर्शीता गराउन नसक्नु मेयर राजेशमान सिंह र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलको कमजोरी हो ।

नवलपरासीको रामग्राम वडा नंं १६ मा रहेको एशियन कन्क्रिटो प्रालिले गर्नेकाम वीरगञ्जमा रहेको जगदम्वा कन्क्रिटो प्रालिले समेत गर्दै आएको छ । नेपालमा यस्तो काम गर्ने थुप्र्रै उद्योग र कम्पनीहरु छन् । ती कम्पनी विच खुल्ला प्रतिप्रर्धा नगराई कुनै एक कम्पनीलाई उपभोक्ता समिति र कोटेशनको आधारमा काम दिनु मेयर राजेशमान सिंहको महानगरको बजेट खर्चमा कति पारदर्शी छन भन्ने कुराको एउटा उदाहरण मात्र हो यो ।

मेयर राजेशमान सिंहले वीरगञ्जका जनतालाई नयाँ केही हुटहुटी राखिरहदा स्थानीय सरकार प्रमुखले नेपालको ऐन नियम र कानुनलाई पालना गर्दै पारदर्शी ढंगले कार्य सम्पादन गर्नुपर्ने दायित्वबाट उनी उम्कन पाउछन त ? वीरगञ्जवासीलाई जवाफ दिनु पर्दैन ? कुनै काम गर्दा त्यसको लागत रकम, उपभोक्ता समितिको विवरण, कार्य सम्पन्न गर्ने अवधि र ठेक्का मार्फत भए ठेक्का लिने कम्पनीको विवरण सहितको बोर्ड कार्यस्थलमा राखेर पारदर्शी ढंगले किन काम गर्न सक्दैनन् मेयर राजेशमान सिंहले ?

वीरगञ्जमा भएका अधिकांश योजनाहरु कोटेशन र उपभोक्ता समिति मार्फत गरिएका छन् । उपभोक्ता समिति मार्फत भएको काममा उपभोक्ताको समेत लागत सहभागीता अनिर्वाय हुनु पर्दछ । के गहवा माई मन्दिर परिसरको सौन्दर्यकरणको नाउँमा बनेको उपभोक्ता समितिमा लागत सहभागीता गरिएको छ त ? वीरगञ्जका जनतालाई मेयर सिंह र प्रमुख प्रशासकिय अधिकृत पौडेलले जवाफ दिनु पर्दैन ?


सम्बन्धित समाचार