Logo

२७ चैत, वीरगञ्ज । पर्साबाट प्रहरीले ६० लाखभन्दा बढि मूल्य बराबरको सामानहरु लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले ६० लाख ३८ हजार १ सय ८८ मूल्य बराबरको सामान बोकेको ट्रक हिजो नियन्त्रणमा लिएको हो ।

विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरु लोड रहेको ट्रक वीरगञ्जबाट चितवनतर्फ जादैँ गरेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले चेकजाँचका लागि रोकेको थियो ।

सोही क्रममा ना २ ख ९३८९ नम्बरको मालवाहक ट्रकमा बिलबिजक शंकास्पद देखिएकाले वीरगञ्ज–१३ पावरहाउस चोकस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका ट्रकलाई बरामद सामान सहित थप अनुसन्धान तथा कारवाहीका लागि आजै राजश्व अनुसन्धान कार्यलय पथलैया बारामा बुझाईएको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार