Logo

२७ चैत, बारा । पूर्वपश्चिम रेलमार्ग निर्माण सम्बन्धमा बिभागले बाराको निजगढमा सरोकारवालासँग छलफल गरेको छ । नगरपालिका क्षेत्रभित्र हुने एलाइन्मेन्टको बिषयमा बिभागले सरोकारवालासँग छलफल गरेको हो ।

रेल विभागका पदाधिकारीहरूले निजगढमा आयोजना गरेको छलफल कार्यक्रममा यसअघि स्थानीय सरोकारवालाहरुसंग भएको सहमतिभन्दा फरक रेखाङ्कन गर्न लागिएको जानकारी गराएका हुन् ।

 

रेल विभागले गरेको पछिल्लो सर्भे अनुसार रौतहटको चोचा हुँदै निजगढ आउने भनिएको रेल्बे लाइन अब नयाँ एलाइन्मेन्टअनुसार निजगढ र सिगौंलको बीचमा पर्ने सुकेपोखरीबाट निजगढ वडा नम्बर ५ को पूर्वटोल हुँदै पश्चिमतर्फ जाने भएको छ । कार्यक्रममा रेलवे विभागका इन्जिनियर सुमन पोखरेले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको रक्सौल– काठमाण्डौं रेलको एलाइन्मेन्टसँग तालमेल गर्ने क्रममा पूर्वपश्चि रेलमार्गको एलाइन्मेन्ट परिवर्तन गर्नुपरेको बताउँनुभयो ।

बाराको कोल्हबी हुँदै निजगढ प्रवेश गर्ने रक्सौल–काठमाण्डौं रेल धन्सार नदी पार गरेर उत्तर लाग्ने र पूर्वपश्चिम रेल भने निजगढस्थित भमरा खोला पारीको जंगल हुँदै पूर्वटोल निस्किएर पुरानोटोलबाट लाल हुँदै डम्बरपुर भएर उत्तरतर्फ लाग्ने छ ।दुबै रेलमार्गको स्टेशन भने सुकेपोखरी नजिक राखिने जनाईएको छ ।सरोकारवालाहरुले बिभागसँग बनजङगल ,बाताबरणसँगै बस्तीलाई पनि कम क्षती हुने गरी रेलमार्ग निर्माण गर्न अनुरोध गरेका थिए ।


सम्बन्धित समाचार