Logo

२८ चैत,काठमाडौं। प्रमुख तीन दलबीच संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ। मंगलबार सभामुख देवराज घिमिरेको सक्रियतामा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन दलहरु सहमत भएका हुन्।

तर त्यसको विषय र प्रक्रिया र विषयका विषयमा भने पुन छलफल हुने बताइएको छ।बैठकमा संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताहरु सहमत भएका छन्।

अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्ने तय भएको छ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी छन्। यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी थिए।


सम्बन्धित समाचार