Logo

२८ चैत,कलैया । बाराको महागढीमाई नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कार्यालयमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नगरपालिकाका कर्मचारी पेन डाउन गरि आन्दोलनमा उत्रेका हुन । नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा विकास निर्माणका कामकाज समेत ठप्प भएका छन् ।

वितेको डेढ महिनादेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नपठाईदिँदा विकास निर्माणका कामकाज प्रभावित बन्न पुगेको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताउनुभयो । मन्त्रालयले तत्कालिन प्रमुख प्रशासकिय अधिकृत महम्मद शेरे मुस्तुफालाई सरुवा गरेपछि महागढीमाई नगरपालिका फागुन ८ गतेदेखि प्रमुख प्रशाषकिय अधिकृत विहिन छ ।

पटकपटक मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृत पठाउन आग्रह गरेपनि कुनै सुनुवाई नभएको नगरप्रमुख यादवले गुनासो गर्नुभयो । चैत १५ मा मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृतको रुपमा रोशन ज्ञवालीलाई खटाएको पत्र नगरपालिकामा आएपनि ज्ञवाली भने अहिलेसम्म पालिकामा उपस्थित नभएको नगरप्रमुख यादवले बताउनुभयो । प्रमुख प्रशासकीय अधिृत नहुँदा कर्मचारीहरुको तलबका साथै वृद्ध वृद्धाले सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन् ।

 


सम्बन्धित समाचार