Logo

२८ चैत,वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली कैपिटल्स र मुम्बई ईन्डियन्स बिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति ८ बजे अरुण जेटली स्टिडियममा हुनेछ ।

गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई हराउँदै एक विकेटको रोमाञ्चक जित निकालेको छ । चार खेलमा तीन जितका साथ लखनउ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बेङ्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । बेङ्लोर तीन खेलमा २ अंकका साथ सातौँ स्थानमा रहेको छ ।


सम्बन्धित समाचार