Logo

२९ चैत,वीरगञ्ज । प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा उपचार गराउन आएका एक विरामीको मृत्यु भएको छ।
बुधबार दिउँसो सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा आगलागी भएको हो।

आगो दिउँसो करिब २ बजेको समयमा भएको स्थानीय पत्रकार मुकेश श्वामीले बताए। विद्युत सर्ट भएर आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो । सोही क्रममा डायलासिस गर्न पुगेका एकजना बिरामीको मृत्यु भएको छ। बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदिप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको छ।


सम्बन्धित समाचार