Logo

१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन्। संविधान दिवसमा असोज ३ गते घोषित विभूषण आज प्रदान गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य सुवोध गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एंव शालिमार ग्रुपका अध्यक्ष अशोक बैद र वीरगञ्ज हेल्थ केयर अस्पतालका संचालक डाक्टर अबुल हैस अंसारी विभूषित हुनुभएको छ ।

आज काठमाडौँस्थित राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले डा. गुप्ता र वैदलाई नेपाल सरकारको प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित गर्नुभएको हो ।

यस्तै वीरगञ्जस्थित रुङ्गाटा कम्प्लेक्समा सञ्चालित सुविधा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष एवम् समाजसेवी सम्मी कुमारी अग्रवाल श्री (तृतीय श्रेणी) पदकद्वारा सम्मानित हुनुभएको छ ।

त्यस्तै नारायणी अस्पतालकी नर्सिङ् निरीक्षक हेमा थापा पनि जनसेवा श्री विभुषणबाट विभुषित हुनुभएको छ । त्यस्तै नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिएको छ । यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने ‘आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित भएका छन् ।

गत वर्ष ०७९ साल भदौ ३१ गते निबर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सविंधान दिवसको अवसरमा गुप्ता लगायत ९९८ जनालाई सम्मानित गर्ने घोषणा गर्नुभएको थियो । सोही बमोजिम उहाँहरुलाई २०८० साल बैशाख १ गते मानपदवी, अलंकार र पदकबाट विभूषित गरिएको हो ।

राष्ट्रपतिबाट विभूषित हुनेहरूमा मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, दीपकराज गिरीलगायत छन्।

शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए।


सम्बन्धित समाचार