Logo

१ बैशाख, चैत । पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परिक्षणबाट १९७ जनामा ३४ जना र १२२७ जनाको एन्टिजेन परीक्षणमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ जना संक्रमणमुक्त भएका छन् । यसअघि बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेटअनुसार हाल संस्थागत आइसोलेसनमा ३२ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

नेपालमा करिब एक महिना अघि अर्थात् चैत २ गतेसम्म कोरोनाभाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या शून्य थियो । गएको करिब एक महिनाको अवधिमा क्रमशः सङ्क्रमितको संख्या दैनिक डेढ सयसम्म पुगेको छ । गएको २४ घण्टामा १०६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

हाल सङ्क्रमण देखिएको कोरोनाभाइरस कतिको सङ्क्रामक छ र यसले कोभिडको अर्को लहर शुरु भएको हो भन्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले तत्काल कोभिडको अर्को लहर शुरु नभएको बताए ।

कोरोनाभाइरस ९कोभिड–१९० को तत्काल अर्को लहर सुरु भयो भन्ने अवस्था छैन, अधिकारीले भने “कोेरोना सङ्क्रमण दरको ग्राफ कस्तो देखिन्छ, त्यही आधारमा भन्ने हो ।” कोभिड–१९ लहरको रुपमा आउँछजस्तो लाग्छ । सङ्क्रमण पुष्टि हुने क्रम बढ्दै छ । सङ्क्रमण दर बढ्छ कि भन्ने छ । सङ्क्रमण बढ्दै गयो, धेरै सङ्ख्या भयो भने लहरकै रुपमा देखिन पनि सक्छ तर तत्काल केही भनिहाल्ने अवस्था नभएको डाक्टर अधिकारीले बताए ।

उनले शून्यमा पुगेको कोरोना सङ्क्रमण विस्तारै बढ्दै गइरहेको छ । विस्तारै अझै बढ्छ भन्ने आकलन गरिएको छ । सङ्ख्यात्मक रुपमा कति समयको अवधिमा सङ्क्रमित पुष्टि हुँदै गए, कुन स्थानमा बढी कोरोना सङ्क्रमित देखिए भन्ने आधारमा प्रक्षेपण चाँडै गरिने अधिकारीको भनाई थियो ।

पछिल्लो समय कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गयो । सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको अवस्थामा सरकारले सङ्क्रमितको दर बढेर अस्पताल पु¥याउनु पर्ने अवस्था आएमा पनि सरकारले त्यसको तयारी गरेको उनको भनाई छ ।

स्वास्थ्य पूर्वाधार र जनशक्ति आवश्यक परेमा तयारी अवस्थामा रहन सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको उनले भने । जनस्वास्थ्यका मापदण्डहरू आ–आफ्नो स्थानबाट सबैले पालना गर्नुपर्छ । परीक्षण र उपचारका लागि पहिला भएका प्रयोगशाला, अस्पतालहरूलाई तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन दिएको डा. समीरकुमार अधिकारीले बताए ।

उनले अक्सिजन प्लान्ट, अस्पतालहरू, बेड तयारी अवस्थामा राख्न सबै अस्पताललाई निर्देशन दिएका छौँ । परीक्षणका लागि प्रयोगशाला, उपचारका लागि अस्पताल, स्वास्थ्य उपकरण र जनशक्ति सबै तयारी अवस्थामा राखिएको उनको भनाई छ ।

हाल देखिएको ओमिक्रोन भेरियन्ट सङ्क्रामक नै छ । अहिले बढीलाई देखिएको सब ‘एक्सबीबी।१।१६’ भेरियन्ट झन् सङ्क्रामक छ अधिकारीले भने । स्वास्थ्य जटिलताको हिसाबले धेरै जटिलता देखिएको छैन । यद्यपि कोरोनाविरुद्धको खोप नलगाएकालाई यो भेरियन्ट सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता ल्याउँन सक्ने उनको भनाइ थियो ।

दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती, साना बालबालिका, फ्रन्टलाइनमा बसेर काम गर्नेहरूले कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिलाई जोखिममा पार्छन् । कोरोनाविरुद्धको खोप लगाए पनि, नलगाए पनि सङ्क्रमणको जोखिम उच्च हुने भएकाले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आवश्यक छ । जस्तै, समयसमयमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग, मास्कको प्रयोग, सामाजिक दूरी कायम गर्न अति आवश्यक रहेको डाक्टरव अधिकारीको भनाई छ ।

भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको र नेपाल भारत सीमा नाका, विमानस्थलहरूबाट नेपाल प्रवेश गर्ने व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको जस्तो लक्षण देखिएमा अनिवार्य परीक्षण गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेलाई कोरोना सङ्क्रमण पुष्टि भएका नाका नजिकैका अस्पतालसँग समन्वय गरेर उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, कोरोना फैलन नदिनका लागि जनचेतनामुलक कार्यक्रम गरी सङ्क्रमणबाट जोगिनका लागि सम्बन्धित निकायलाई आग्रह गरिरहेका छौँ ।

सरकारले बुस्टर मात्रा खोप लगाउन भने पनि लगाउनेको सङ्ख्या कम छ । पूर्णमात्रा खोप लगाएको तीन महिना पुगिसकेका सबैले अनिवार्य रुपमा बुस्टर मात्रा लगाउनुपर्छ । पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिनापछि खोप स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती, ५५ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिइन्छ ।


सम्बन्धित समाचार