Logo

साङ्केतिक तस्बिर

२ वैशाख,काठमाण्डौ । माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमाली पुन गोली लागेर घाइते हुनुभएको छ ।

उहाँलाई काठमाण्डौ बालुवाटार गैरीधारामा रहेको निवासमा प्रहरी सहायक हबलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गोली हान्ने प्रकाश पक्ताउ परेका छन् । उनी नेता वर्षमानका नातेदार पनि हुन् ।उनले गएराति १० बजेतिर गोली हानेका थिए । खुट्टामा गोली लागेर घाइते पुनकी आमाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार