Logo

२ वैशाख, सेंढवा । प्रहरीले सुराकीका आधारमा गरेका खोजी अभियानमा हिजो र अस्ती दुईदिनमा दुई जना मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र सेंढवाको संयुक्त टोलीले गरेको खोजी अभियानमा पर्साको ग्रामीण भेगबाट दुईजना पक्राउ, एउटा मोटरसाइकलको पाटपूर्जा समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा जिराभवानी गापा वडा नं ५ का अजित चौधरी र वडा नं २ सेढवाको संजय दास रहेका छन । प्रहरीले हिजो दिउँसो सेढवा निवासी दासको बाख्राको खोरमा जमिन मुनि खाल्डो खोली एकवटा मोटरसाइकलको सम्पूर्ण पाटपूर्जा बरामद भएको हो । ग्रामीणक्षेत्रमा चोरीका घटनामा वृद्धि भएसँगै प्रहरीको थप प्रभावकारी कार्यवाही जारी रहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा गलत नम्बर राखेर चलाएको मोटरसाइकल धनीले आफ्नो जानकारी पाएपछि .व्यवहारमै बाईक फिर्ता गर्न आग्रह गरेका थिए । मोटरसाइकल धनी र चोरबीच मोटरसाइकल फिर्ता गर्ने कुरामा सहमति भएपछि चोरले पटेर्वासुगौली गाउपालिका वडा नं ४ भलुवाही खोलाको छेउमा रहेका सुगौली खेलमैदान आसपासमा बाइक राखि दिने शर्त अनुसार बाइक राखेर भाग्ने क्रममा अजित चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

चौधरीलाई सखुवाप्रसौनी गाउपालिकाको कार्यालय अगाडी गएराति ९ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिराभवानी गाउपालिका वडा नं २ सेढवामा थारु समुदायको पर्व घाटोको अवसरमा चैत्र २३ गते आयोजित रात्रीकालीन सांस्कृतिक कार्यक्रममा एउटा मोटरसाइकल चोरी भएको थियो ।

जिराभवानी गापा वडा नं ३ नौकाटोला निवासी सिताराम चौधरीको मधेस प्रदेश ०३–ना २४ प ४४१६ नम्बरको पल्सर २२० बाइक चोरी भएको थियो । दुईदिन पछि २५ गते जिराभवानी गापा वडा नं १ पकडीटोलामा पनि राती लु १० प १२०२ नम्बरको पल्सरको बाईक र नम्बर नखुलेको यामाहाको आर १५ बाईक चोरी भएको थियो ।

यही सातामा पटेर्वासुगौली गाउँपालिका वडा नं ४ पटेर्वा गाऊबाट घाटो नाचबाटै सोही पालिका वडा नं २ बैजनाथपुरको होन्डा साइन बाईक चोरी भएको थियो ।


सम्बन्धित समाचार