Logo

२ वैशाख,रौतहट । माटोको ढिस्कोमा पुरिएर रौतहटमा १ बालिकाको मृत्यु भएको छ । सो घटनामा परेर ३ जना घाइते भएका छन् ।

माटोको ढिस्कोमा पुरिएर रौतहटको गढीमाई नगरपालिका ३ की ९ वर्षीय बालिका अफरिदा नेसाको मृत्यु भएको हो । शुक्रवार साँझ माटो खन्दा माथिबाट खसेको ढिस्कोले पुरिएर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सो घटनामा नेसासँगै माटो लिन गएका सोही ठाउँका ४२ वर्षीय नासीबुन खातुन, ११ वर्षीय रहना खातुन र ११ वर्षीय इसरफ खातुन ढिस्कोले पुरिएर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल कामातिले बताए ।

घाइते तीनैजनाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्सबाट वीरगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार