Logo

२ वैशाख, वीरगञ्ज । पर्सा प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुईजना युवकको शव फेला पारेको छ । प्रहरीले दुईदिनमा बारा र पर्साको छुट्टाछुट्टै स्थानबाट तराईबासी जस्तो देखिने दुईजना युवकको बेवारिसे अवस्थामा शव फेला पारेको हो ।

हिजो बैशाख १ बिहान ८ बजेको समयमा वीरगञ्ज–१५ प्रतिमाचोकस्थित सडकखण्डबाट अन्दाजी ३५–४० वर्षीय मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै गत चैत्र २९ गते साँझ साढे ८ बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया सडकखण्डबाट प्रहरीले अन्दाजी ३० देखि ३२ वर्ष उमेर देखिने पुरुषको शव फेला पारेको थियो ।

मृतक दुवैको हालसम्म सनाखत हुन नसेकेको पर्साका प्रवक्ता सूचना अधिकारी दिपक गिरीले जानकारी दिनुभयो ।
मृतक दुवैलाई चिन्नुहुनेले जिल्ला प्रहरी कार्यालय पर्सा, नजिकको प्रहरीको कार्यालय अथवा ९८५५०९०१३२, ९८५५०९०३२९ नम्बरमा सम्पर्क गर्नुहुन पर्सा प्रहरीले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार