Logo

फाइल तस्बिर

२ वैशाख, वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचन पश्चात मधेस प्रदेशमा आफ्नै पार्टीको मुख्यमन्त्री बन्ने दाबी गर्नुभएको छ ।

अध्यक्ष राउतले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गत चैत्र १५ गतेको माओवादी, काग्रेंस र जनमतको सहमतिप्रति काग्रेंस ईमानदार रहने हो भने उपचुनावपछि मधेशमा जनमतको मुख्यमन्त्री बन्ने दावी गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री नै कतिदिन टिक्ने ठेगान नरहेको टिप्पणी गर्दै यस्तो अवस्थामा जनतालाई भ्रममा राख्न सत्ताधारीहरुले अतिरञ्जित दिनुको कुनै अर्थ नभएको बताउनुभएको छ । उहाँका अनुसार जनता समाजवादी पार्टीका मुख्यमन्त्री र सघींय मन्त्रीहरुको समेत भविष्यको ठेगान छैन ।

जनमत पार्टीले छाडेको मन्त्रालय काँग्रेसले लिने भएपछि सरकार तथा गठबन्धनमा जनमत नरहने समाचार बाहिर आएसँगै अध्यक्ष राउतको यस्तो अभिव्यक्ति आएको हो ।


सम्बन्धित समाचार