Logo

फाइल तस्बिर

२ वैशाख, सेंढवा । पर्साको जिराभवानी गाँउपालिका–४ स्थित सुपौली स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । न्यू सनलाइट यूवा स्पोर्ट क्लब सुपौलीको आयोजना तथा माट्रिका आई फाउण्डेशन वीरगञ्जको सहयोगमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा एक सय पचास जनाको आँखाको चेकजाँच गरिएको थियो । जसमध्ये ३५ जनामा मोतियाबिन्दुको समस्या देखिएको आयोजक सस्थांका सदस्य चक्रधारी चौधरीले जानकारी दिनुभयो ।

निशुल्क शल्यक्रिया गरिने माट्रिका आई फाउन्डेसन वीरगञ्जका राजेश चौधरीले बताउनुभयो । शिविरमा नेत्र रोग विशेषज्ञ डा. मनोरञ्जन यादव र डा. सिमान्त खड्काले आँखाको चेकजाँच गर्नुभएको थियो । भने आयोजक सस्थांका अध्यक्ष अरुण महतोको सभापतित्व एवम् वडाध्यक्ष राजेश्वर दासको प्रमुख आतिथ्यमा शिविर सम्पन्न भएको हो ।


सम्बन्धित समाचार