Logo

२ वैशाख, वीरगञ्ज । बाबा बि फिल्मसले वीरगञ्जको घण्टाघर चोकमा एक कार्यक्रमको आयोजना गरि सर्ट मुभि तकदिरको बिमोचन गरेको छ ।

वीरगञ्ज महानगर–२० का वडाध्यक्ष रामकिशोर सिंहले फिल्मको बिमोचन गरि कार्यक्रमको उद्धघाटन गर्नुभएको हो । साथै सो अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा १ जना महिला सहित ३७ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा कलाकार मुन्ना मुस्कान, बिनोद पटेल, कृष्ण पण्डित, गुडु पासवान लगायतका रहेका छन् ।


सम्बन्धित समाचार