Logo

२ वैशाख, वीरगञ्ज । दुई पक्षबीच भएको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको हो । रौतहटमा बाटो बनाउने विषयमा विवाद हुँदा गोली लागेर एकजनाको मृत्यु भएको छ ।

रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा बाटो बनाउँने विषयमा विवादको क्रममा गोली चल्दा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए ।

उनले विवाद हुँदा लाइसेन्स भएको १२ बोरको बन्दुकबाट प्रहार गरिएको स्थानीय राजकुमार राय यादवको मृत्यु भएको बताए । गोली लागेपछि स्थानीय अस्पतालमा उपचारको लागि यादवलाई लगिएपनि उपचार सम्भव नभएपछि वीरगंज रेफर गरिएको थियो । तर, उनको मृत्यु बाटोमै भएको एसपी बुढामगरको भनाई छ ।

एसपी बुढामगरले कसले गोली चलायो भन्नेबारे अनुसन्धान भइरहेको बताए । उनले घटनामा संलग्न रहेको आशंकामा ८ जनालाई बन्दुकसहित नियन्त्रणमा लिएको बताए । त्यस्तै गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएको प्रहरीले उनले जनाएको छ ।


सम्बन्धित समाचार