Logo

४ बैशाख, वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा स्थानमा उक्लिएको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा साविक विजेता गुजरात टाइटन्सविरुद्ध तीन विकेटको जित निकाल्यो।
गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि कप्तान सञ्जु सामसन र शिमरन हिटमायरले अर्धशतकीय पारी खेले । सामसनले ६० रन बनाए भने हिटमायरले ५६ रन बनाए । यस्तै, देवदत्त पडिकलले २६, ध्रुव जुरेले १८ रन बनाए।

गुजरातका लागि मोहम्मद सामीले ३ विकेट लिए भने राशिद खानले २ तथा हार्दिक पान्डे र नुर अहमदले १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

गुजरातका लागि डेबिड मिलरले सर्वाधिक ४६ रन बनाए । शुभमन गिलले ४५, कप्तान हार्दिक पान्डेले २८, अभिनव मनोहरले २७ र साइ सुदर्शनले २० रन बनाए । राजस्थानका लागि सन्दीप शर्माले दुई विकेट लिए भने ट्रेन्ट बोल्ड, एडम जाम्पा र युजभेन्द्र चहलले १÷१ विकेट लिए ।
जितसँगै राजस्थान ८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ । गुजरात भने ६ अङ्कका साथ तेस्रो स्थानमा छ । आइतबार नै भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले कालकाता नाइट राइडर्सलाई ५ विकेटले हरायो।


सम्बन्धित समाचार