Logo

४ बैशाख, पर्सा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजालले एक कार्याक्रमबिच बर्थिङ सेन्टरको उद्धघाटन गर्नुभएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका–३ मा मन्त्री रिजालले बर्थिङ सेन्टरको आज उद्धघाटन गर्नुभएको हो । करिब २० लाखको लागतमा बर्थिङ सेन्टर निर्माण गरिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले जानकारी दिनुभयो ।

मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आउनुभएका रिजालले वडा नं. ३ को वडा कार्यालय र ल्याब प्रयोगशालाको समेत सोही कार्याक्रमबिच उद्धघाटन गर्नुभएको अध्यक्ष यादवले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको कार्याक्रममा नेपाली काग्रेंसका सभापति एवम् प्रदेश सदस्य जनार्दन सिहं क्षेत्री, शंकर चौधरी,महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाधिवेशनकन प्रतिनिधिहरु वशिष्ठ नारायण कुर्मी लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार