Logo

५ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको बौद्ध धर्मावलम्वीहरुको धार्मिक पर्यटकीय स्थल भिस्वामा अतिथि गृह भवन निर्माणको शिलान्यास गरिएको छ ।

भिस्वालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि डीपीआर समेत तयार गरेर अतिथि गृह भवनको आज शिलान्यास गरिएको हो । भवन निर्माणको मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत र मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले संयुक्त रुपमा गर्नुभएको हो ।

भिस्वालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार संरचना निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार २२ करोड रुपैया लाग्ने मधेस विश्व विद्यालयका उपकुलपति डाक्टर शाक्यले बताउनुभयो ।

भिस्वामा अतिथि गृह प्रदेश सरकारले छुट्याएको एक करोड रुपैंया बजेटबाट निर्माण गरिने छ । अन्य पूर्वाधार संरचनाका लागि वीरगन्ज महानगरपालिकाले पनि बजेट छुट्याएको छ । भिस्वाको पूर्वाधार संरचना निर्माणका लागि वीरगन्ज महानगरपालिकाले चालू आर्थिक बर्षमा एक करोड रुपैंया बजेट छुट्याएको प्राध्यापक डाक्टर शाक्यले बताउनुभयो ।

 


सम्बन्धित समाचार