Logo

५, बैशाख, वीरगञ्ज । वीरगंज महानगरपालीका वडा नं. ५ को कार्यालयले मंगलबार आमाहरुको सम्मानमा कार्यक्रमको आयोजना गरेको छ ।

माता तिर्थ औशी अर्थात आमाको मुख हेर्ने दिनको पुर्व सन्ध्यामा वडा अध्यक्ष प्रदिप चौरसियाको अध्यक्षतामा सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ८ सय जना महिलाहरुको सहभागीता रहेको वडा अध्यक्ष चौरसियाले बताए ।

उनले आफ्नो कार्यकालमा हरेक वर्ष घोषणा गरे अनुरुप यो दास्रो पटक कार्यक्रमको आयोजना गरिएको बताए । यस अघि पनि आफु निर्वाचित भएर आएको बेला यस प्रकारको कार्यक्रमको आयोजना गरेको उनले बताए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आमाहरुको सम्मान स्वरुम आयोजना गरिएको कार्यक्रम सराहनीय भएको बताए । साथै उनले वीरगंज महानगरलाइ सफा सुन्दर र राम्रो बनाउने सम्बन्धमा कोहि संग कुनै प्रकारको सम्झौता नहुने बताए ।

हिन्दु धर्ममा माता तिर्थ औशीको विषेश महत्व रहेको छ । महिलाहरुको त्याग र समर्पणको उच्च कदर गर्दै उनीहरु माथी हुदै आएको आन्तरिक विभेदलाई न्यूनिकरण गर्ने उद्देश्यले सम्मान कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष चौरसियाको भनाइ छ ।

उनले सहभागी आमा दिदि बहिनीहरुलाइ फलफुल मिठाइका साथ दोसल्ला ओढाइ सम्मान गरिएको जानकारी दिए । सो कार्यक्रममा महानगरका प्रशासकिय अधिकृत लक्ष्मि पौडेल , सहायक सिडिओ भीमकान्त पौडेल, सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता रहेको थियो ।


सम्बन्धित समाचार