Logo

६ बैशाख, वीरगञ्ज । मकवानपुरको भिमफेदी कारागारका एकजना कैदीवन्दीको मृत्यु भएको छ।

मकवानपुको मनहरी गाउँपालिका वडा नम्बर ६ लोथरका ३५ वर्षीय समिर परीयारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफ्नै दाजुको हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका परियार हिडदा हिडदै एक्कासी बहोस भएर ढलेका थिए। उनलाई उपचारको लागि हेटौडा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको भिमफेदी कारागारका प्रमुख तिर्थराज पौडेलले बताए ।

परियारलाई उपचारको लागि हेटौँडा अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उनी १५ महिना अघि मात्र भिमफेदी कारागारमा ल्याइएको थियो ।

जेल पर्नु अघि दुर्घटनामा परी टाउँकोमा गम्भीर चोट लागेको कारण उनी बेलाबेलामा बेहोश हुने र मानसिक सन्तुलन गुमेको अवस्था जस्तो व्यवहार देखाउने गरेको कारागार प्रमुख पौडेलले जानकारी दिए ।

मृतक परियारको शव जिल्ला अस्पताल हेटौडामा राखिएको छ । मनहरी गाउँपालिकाका जनप्रतिनिधिको रोहवरमा पोष्टमाटम गरी शव आजै परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताए ।


सम्बन्धित समाचार