Logo

६ बैशाख, वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छली भारततर्फ लैजादैँ गरेको अवस्थामा बिभिन्न किसिमका चाईनिज खाद्यान्न सामानहरु बरामद गरेको छ ।

प्रहरीले २ लाख ८१ हजार २ सय ५० मूल्य बराबरको खाद्यान्न सामानहरु आज बरामद गरेको हो । प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले वीरगञ्ज महानगर–१६ शंकराचार्य गेटस्थित सडकखण्डबाट उक्त सामानहरु बरामद गरेको हो ।

काठमाण्डौबाट भारतको दिल्लीसम्म जाने सार्वजनिक बसलाई रोकेर चेकजाँच गर्दा भन्सार प्रज्ञापनपत्रविना चोरी निकासी लैजादैँ गरेको अवस्थामा सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद चाईनिज सामग्रीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार