Logo

६ बैशाख, महोत्तरी । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेहरूमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–१० का २६ वर्षका अमृत मण्डल, उहाँकी श्रीमती २४ वर्षकी अञ्जु मण्डल र भतिजी ६ वर्षकी अंशु मण्डल रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता दिलिप गिरीले जानकारी दिनुभयो ।

आज दिउँसो गौशाला सम्सी सडक खण्डको रेल्वे ट्र्याक नजिक बा ३ ख २३९६ नम्बरको बसले मधेस प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका तीनै जनाको उपचारका क्रममा ज्यान गएको डीएसपी गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार