Logo

८वैशाख,वीरगञ्ज । भारतीय नागरिकलाई नेपाली नागरिकताको सिफारिस गर्ने बाराको कलैया उपमहानगरपालिकाका वडाध्यक्षसहित तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका–१० का वडाध्यक्ष महम्मद साबिर सहित तीनजनालाई पक्राउ गरेको हो ।

वडाध्यक्ष साबिर सहित २१ वर्षीय रमेश साह तुराहा र उनको नक्कली बाबु बनेका मावलीका हजुरबुबा जोधन साह तुरहालाई पनि प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । पक्राउ परेका रमेशले आफ्ना मावलीका हजुरबुवा पर्ने जोधनलाई बुवा बनाएर ६ महिना पहिले जिल्ला प्रशासन कार्यालयबाट वंशज नागरिकता नै बनाएका थिए ।

उजुरीको आधारमा रमेशसहित उनको नक्कली बुवा जोधन र नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष साबिरलाई पक्राउ गरिएको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । तिनैजना विरुद्ध मुद्दा दर्ता गरि अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

रमेशलाई नागरिकता दिलाउन सनाख्त गर्नेहरु फरार भएकाले उनीहरुको खोजीको लागि प्रहरी परिचालन गरिएको एसपी बोगटीले बताउनुभयो ।


सम्बन्धित समाचार