Logo

८ वैशाख,वीरगञ्ज । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन हुन् बाँकी रहेका एक दर्जन आङ्गिक क्याम्पसमा निर्वाचन नगराउने भएको छ । त्रिविले उपत्यकाका ४ सहित देशभरका १२ वटा आङ्गिक क्याम्पसमा स्ववियू निर्वाचन नगराउने भएको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले अब बाँकी कलेजमा निर्वाचन गराउन नसकिने जानकारी दिनुभयो । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस लगायत अन्य थुप्रै क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।

उहाँले परीक्षा चलिरहेका र पढाई पनि गर्नुपर्ने भएका कारण सधैँ निर्वाचनको पछि लागेर बस्न नसकिने बताउनुभयो । उहाँले अब बाँकी रहेका कलेजमा निर्वाचन गराउन जसकिने जानकारी दिनुभयो ।

गत चैत ५ गते तोकिएको निर्वाचनमा विद्यार्थी सङ्गठनहरूकै अवरोधका कतिपय क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन नसकेको हो । त्रिविले भने आफूले अब निर्वाचनका विषयमा केही पनि नगर्ने प्रष्ट पारेको छ ।


सम्बन्धित समाचार