Logo

९ वैशाख, वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष गहुँको उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार अघिल्लो बर्षको तुलनामा यो वर्ष झण्डै १५ हजार टनले गहुँ उत्पादन घटेको छ ।

यस वर्ष २६ हजार ६५ हेक्टरमा गहुँ खेती गरिएकोमा प्रति हेक्टर २ दशमलव ७ टनको दरले ७० हजार ३ सय ७५ दशमलव ५ टन गहुँ उत्पादन भएको छ ।

गत वर्ष २६ हजार ५० हेक्टरमा प्रति हेक्टर ३ दशमलव ०३ टनको दरले ८५ हजार ९ सय ६५ टन गहुँ उत्पादन भएको थियो । केन्द्रका सूचना अधिकृत सुरेन्द्र प्रसाद कुर्मीले यस वर्ष हिउँदे वर्षा नहुनु नै गहुँ उत्पादन घट्नुको मुख्य कारण रहेको बताउनुभयो ।

 


सम्बन्धित समाचार