Logo

१० वैशाख, वीरगञ्ज । कृषिमा यान्त्रीकरणको वृद्धि, दुग्धजन्य एवं कृषि उत्पादनमा नविनतम प्रविधि’ भन्ने मुल नाराका साथ मधेश प्रदेशमा डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा सो प्रदर्शनी हुने बोर्डले जनाएको छ । वैशाख १२ गतेदेखि सुरु हुने प्रदर्शनीमा डेरीका मेसिन तथा उत्पादनका साथै कृषिजन्य वस्तुत र विभिन्न कृषि औजारहरुको प्रदर्शन गरिने बोर्डका पशु विकास अधिकृत उपेन्द्रकुमार सिंहले बताए ।

प्रदर्शनीमा विभिन्न १५० वटा स्टल राखिने बताए । सुर्ती विकास मैदानमा वैशाख १४ गतेसम्म चल्ने प्रदर्शनमा डेरी, कृषि तथा मेसनरीको विषयमा विभिन्न अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिने उनले बताए ।


सम्बन्धित समाचार