Logo

१० वैशाख, वीरगञ्ज ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका चेकजाँच सुरु गरेको जनाएको छ ।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा र आइतबारदेखि अधिकांश परीक्षण केन्द्रमा विद्यार्थीको उत्तपुस्तिका परीक्षण सुरु भएको जानकारी दिनुभयो ।

कार्यालयले ५० भन्दा बढी परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका जाँच भइरहेको जनाएको छ ।
चैत १७ गतदेखि २९ गतेसम्म भएको परीक्षामा ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएको पनिकाले जनाएको छ ।
नतिजा असारको तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार