Logo

१० बैशाख, बारा । बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मत खसेकोे छ । आज भएको उपचुनावअन्तर्गत मतदानमा बारामा करिब ६५.४५ प्रतिशतसत मत खसेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

कुल १ लाख पाँच हजार दुई सय ४८ जना मतदाता रहेको बारा क्षेत्र नं.२ मा ६८ हजार ८ सय ८७ मत खसेको छ । जसमा ३७ हजार ६४ पुरुष र ३१ हजार ८ सय २३ जना महिला मतदाताले मतदान गरेका छन् ।मतगणना गर्ने कोठामा तारजाली लगाइनुका साथै सीसीटीभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो ।

मतदान कार्य शन्तिपुणर् तरिकाले सम्पन्न भए पछि मतपेटीकाहरुलाई सिल गरेर मतगणना हुने स्थलतर्फ ल्याउँने काम भईरहेको छ । मतगणना कलैया उपमहानगरपालिका वडा नं.३ गंगापुर स्थित शिक्षा तालिम केन्द्रमा हुने जनाईएको छ ।२५ कि.मि. टाढा सम्मबाट मतपेटिका ल्याउँनुपर्ने भएकाले राती करिब ९ बजेसम्म मतपेटिका गणना स्थल सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार