Logo

११ वैशाख, वीरगञ्ज । हिजो सम्पन्न उपनिर्वाचनको तनहुँ–१ मा मतगणना जारी रहेको छ । गएरातिदेखि नै शुरु गरेको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढीको अग्रता बनाउनु भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार उहाँले ४३०३ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १९३३ मत प्राप्त गरेका छन् । भट्टराईलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत समर्थन रहेको छ ।

यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ११९८ मत पाउँदै तेस्रो स्थानमा रहनु भएको छ । अन्य उम्मेदवारले भने २० मत पनि कटाउन सकेका छन् । गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ ।


सम्बन्धित समाचार