Logo

११ वैशाख, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराएको छ ।
कोलकाताको घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा चेन्नईले शानदार ब्याटिङ ग¥यो । चेन्नईले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ८६ रन बनाउन सक्यो । कोलकाताका लागि जसन रोय र रिंकु सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

जसन रोयले ६१ तथा रिंकु सिंहले ५३ रन बनाएका हुन् । यस्तै, कप्तान नितिश राणाले २७ र भेन्कटेस ऐरले २० रन बनाए । चेन्नईका लागि तुसार देशपाण्डे र महेश थिक्सनाले समान २/२ विकेट लिए ।

यस्तै, आकाश सिंह, मोइन अलि, रविन्द्र जडेजा र मथिशा पथिरानाले समान १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो ।

चेन्नईका लागि अजिन्क्या रहाणे, डेभोन कन्वे र शिवम् दुवेले अर्धशतकीय पारी खेले । अजिन्क्या रहाणेले ७१ रन बनाए भने कन्वेले ५६ र शिवम् दुवेले ५० रन बनाए । यस्तै, ऋतुराज गायकवाडले ३५ र रविन्द्र जडेजाले १८ रन बनाए । कोलकाताका लागि कुलवन्त खेजरोलियाले २ तथा वरुण चक्रवर्ती र सुयश शर्माले समान १/१ विकेट लिए ।

जितसँगै चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाता आठौँ स्थानमा छ । यसअघि भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोरले राजस्थान रोयल्सलाई ७ रनले हराएको थियो ।साभार उज्यालो


सम्बन्धित समाचार